नेभिगेशन
समाज विविध

माओवादी नेता खनाल भन्छन्– बालेनले ओलीमाथि लगाएको गिरीबन्धुको आरोप सही हो

काठमाडौं– नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री चक्रपाणि खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काठमाडौंका मेयर बालेन शाहले लगाएको आरोप सही भएको बताएका छन्। 

एउटा रेडियो अन्तरवार्ताका क्रममा उनले मंगलबार यस्तो बताएका हुन्। आफू भूमीसुधार मन्त्री हुँदा गिरीबन्धु चिया बगानका विषयमा अनेक निर्णय गराउन ओलीले दबाब दिएको तर आफूले नमानेपछि मन्त्रीबाट हटाएको खनालको भनाई छ। 

‘मलाई मन्त्रीबाट हटाएपछि उक्त ठाउँमा एमाले नेत्री पद्मा अर्याललाई ल्याएर गिरीबन्धुबारे निर्णय भयो’, खनालले भनेका छन्,‘यस विषयमा काठमाडौंका मेयर बालेनले ओलीमाथि लगाएको आरोप सही छ।’

आफू प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका बेला पनि गिरीबन्धुका विषयमा दबाब दिएको खनालले बताए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता