Nic Ad Nic Ad
Nic Ad Nic Ad

झिनो अंकले घट्यो नेप्से

मंगलबार, जेठ २२, २०८१

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा ६.२२ अंकले वृद्धि भएको छ ।

आज नेप्सेमा ४ अर्ब ८ करोड ४७ लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले वृद्धि भएर २ हजार ७९ दशमलब ०७ को बिन्दुमा पुगेको हो ।

नेप्सेमा मंगलबार ८३ लाख ५ हजार ७८६ वटा शेयर कारोबार हुँदा १२५ कम्पनीको मूल्य वृद्धि भएको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबार भएको शेयर कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएका छन् । हिजो भने नेप्से ३.९७ अंकले घट्न पुगेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्