Nic Ad Nic Ad
Nic Ad Nic Ad

आउटफिल्ड भिजेका कारण नेपाल र नेदरल्याण्ड्स बीच टसमा ढिलाइ

मंगलबार, जेठ २२, २०८१

काठमाण्डौँ - आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ । वर्षाका कारण मैदान भिजेका कारण टसमा ढिलाइ भएको हो ।

हाल मैदानमा वर्षा नभएपनि मैदानमा पानी रहेका कारण टसमा ३० मिनेट ढिलाइ हुने भएको हो । अब नेपाली समय अनुसार ९ः१५ मा टस हुनेछ भने ९ः४५ बजे खेल सुरु हुने ताजा अपडेट रहेको छ ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन् । दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन् । प्रिमियर कप अघि देखि नै लगातार टि२० क्रिकेट खेल्दै आएको गत महिनाा नै अमेरिका आइसकेको थियो । यो बीचमा टोली वेस्ट इन्डिज पुगेर ३ अभ्यास खेलेर फर्केको थियो ।

अमेरिका फर्केपछि ह्युस्टनमा स्थानिय टोली ह्युस्टन हरिकेन्स सँग २ खेल खेलेर नेपाली टोली विश्वकप हुने स्थल डालास पुगेको थियो । विश्वकपको वार्म अप खेलमा भने नेपाल क्यानाडासँग पराजित भएको थियो । नेदरल्यान्ड्सले भने श्रीलंकालाई हराएको थियो । वर्षाका कारण नेपाल र नेदरल्यान्ड्स दुवैले
दोस्रो अभ्यास खेल भने खेल्न पाएनन् ।

टि२०आईमा नेपालका लागि नेदरल्यान्ड्स परिचित टोली हो । यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल खेलिसकेका छन् । त्यसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ । एउटा खेल भने नतिजा खेल निस्केन । नेपालले ५ मध्ये ३ खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा जितेको थियो ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुरकै मैदानको झल्को हुने आशा गरेको बताएका छन् । डालासस्थित झन्डै १० हजार दर्शक क्षमता भएको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा ८० प्रतिशत भन्दा बढ्री नेपाली दर्शकको उपस्थिति हुन अपेक्षा गरिएको छ । केहि खेल यता विश्व कप महोलको महसुस भइसकेको जनाउँदै रोहितले सफलता सुरुवातका लागि प्रयास गर्ने बताएका छन् ।

नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुक नेपालसँग पहिला पनि खेलेपनि विश्व कपको पहिलो खेल महत्त्वपूर्ण हुने बताए ।नेपाल र नेदरल्यान्ड्स रहेको समूह डीमा आज दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । समूहमा अर्को टोली बंगलादेश रहेको छ । सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष २ टोली सुपर ८ मा पुग्नेछन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्