नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जित्यो, बलिङ गर्ने
आइसिसी टी–२० विश्वकप प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ।
अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी खेलमैदानमा टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रने भएको छ।
नेपाली समयअनुसार पौने नौबजेबाट नै सुरु हुनुपर्ने खेलमा केही ढिलाइ भएको छ। आज बिहानभर प्रिएरी खेलमैदान क्षेत्रमा पानी परेकाले मैदान भिजेर गिलो हुँदा टसमा ढिलाइ भएको हो।
यी दुबै टोलीले समूहको पहिलो खेलमा जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन् । नेपालको समूहमा टेस्ट्र खेल्ने राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।
नेपालको तुलनामा नेदरल्यान्ड्सको विश्वकपमा अनुभव धेरै छ। उसको यो छैटौँ विश्वकप सहभागिता हो। नेपालले भने सन् २०१४ मा विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता नेपालको दोस्रो सहभागिता हो।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ २१:४३
प्रतिक्रिया दिनुहोस्