Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइसीसी टी-२० विश्वकप : भारत र आयरल्याण्डबीच प्रतिस्पर्धा हुने

बुधबार, जेठ २३, २०८१

काठमाडौँ -वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी-`२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ । 

यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक साता अघि देखि नै सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत पारिएको जनाइएको छ । टी–२० अन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो ।


नासाउको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सीमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । यस्तो अवस्थामा आयरल्याण्ड जस्तो खतरनाक टोली अपसेट गराउन माहिर छ । यसअघि पनि उसले धेरै पटक यस्तो गरिसकेको छ ।

तर, भारत र आयरल्याण्डबीचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म सात खेल भइसकेका छन् । भारतले सात वटै खेल जितेको छ । रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले आयरल्याण्डलाई हल्का रूपमा लिने प्रयास गर्नेछैन । भारतीय टोली कागजमा निकै बलियो मानिन्छ । टोलीमा अनुभव र युवा जोशको विशेष मिश्रण छ । यस्तै, आयरल्याण्डको टोली पनि आज पहिलो पटक भारतलाई हराउने लक्ष्यसाथ मैदान उत्रने छ । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्