Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरका अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न उर्दी

बुधबार, जेठ २३, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन भएका अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्नका लागि उर्दी गरेको छ। 

बुधबार एक सूचना प्रकाशित गर्दै महानगरको स्वास्थ्य शाखाले यस्तो निर्देशनात्मक उर्दी जारी गरेको हो। 

हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुको आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेको महानगरको रेकर्डमा छ। 

अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भएका छन्। 

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ। 

Screenshot_2024-06-05_070649_9AH5c8f5V7-1717564049.jpg

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्