Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलङ्कामा ७० उच्च जोखिमयुक्त डेङ्गु क्षेत्र घोषणा

बुधबार, जेठ २३, २०८१

काठमाडाैं -श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेङ्गु ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ ।

एनडिसियुले मे २६ र जुन १ को बीचमा गरेको सर्वेक्षणमा लामखुट्टे प्रजनन स्थानहरूमा वृद्धि भएको फेला परेको विज्ञप्तिमा जनाएको छ ।

एजेन्सीले जनवरीदेखि अप्रिलसम्म डेङ्गु घटनाहरू तुलनात्मकरूपमा कम रहे पनि विगतका वर्षहरूको अनुभवअनुसार दक्षिणपश्चिम मनसुन सुरु भएसँगै मेदेखि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार