Nic Ad Nic Ad
Nic Ad Nic Ad
छिमेक राजनीति 

नीतिश र नायडुले खुट्टा उचाले नरेन्द्र मोदी भारतमा तेस्रो कार्यकालको प्रधानमन्त्री बन्न सक्तैनन्

बुधबार, जेठ २३, २०८१

काठमाडौं– भारतमा ‘गोदी मिडिया’का नाममा चर्चा पाएका मूलधारका टेलिभिजनका प्रस्तोताले अहिले नितिश कुमार र चन्द्रबाबु नायडुलाई बोकीरहेका छन्। 

यसको अर्थ छ।

भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत नल्याएका कारण यी दुई जनाको पार्टी जनता दल युनाइटेड र तेलगु देशम पार्टीले खुट्टा उचाले नरेन्द्र मोदी तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री पदमा पुग्ने छैनन्। 

यी दुई दलले हात छाडे मोदीको एनडीएसँग २६४ जना सदस्य मात्र रहनेछन्। यो अल्पमत हो। प्रधानमन्त्रीमा निर्वाचित हुन २७२ जना सदस्यको समर्थन चाहिन्छ। 

सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा भाजपा सबैभन्दा ठूलो दल त बन्यो तर अपेक्षित मत ल्याउन सकेन। सन् २०१९ को तुलनामा उसले ६३ सिट गुमाएको छ। मतगणनाको परिणामले अघिल्लो निर्वाचनको तुलनामा भारतीय कांग्रेसलाई फाइदा भएको छ। उसले ४७ सिट थपेको छ। 

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट जितेको छ। कांग्रेस एक्लैले ९९, समाजवादी पार्टी (सपा)ले ३७ र त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेका छन्। ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाउने तयारी तिव्र पारेको छ। त्यसैका निम्ति एनडीए गठबन्धनको बैठक डाकिएको छ। अब मोदी प्रधानमन्त्रीमा निर्वाचित भए पनि पहिलाको जस्तो दबदबा कायम राख्ने स्थितिमा हुनेछैनन्। किनभने भाजपासँग एकल बहुमत छैन। 

चार सय सिटभन्दा बढी जित निकाल्ने भन्ने भाजपाको नारा जनताले खोक्रो साबित गरिदिए। 

नायडुसँग १६ र नितिशकुमारसँग १२ गरी कुल २८ सिट छ। यी दुई जनालाई भाजपाले चेप्नका लागि यीनिहरुले भनेको मान्नैपर्ने दबाब हुनेछ। किनभने नितिशकुमार चुनावपूर्वको तयारीमा विपक्षी इन्डिया गठबन्धनमा रहेका थिए। छाडेर एनडीएमा सामेल भएका हुन्। यस हिसाबमा नितिश कुमारले जतिबेला पनि पलटबार गर्न सक्ने अनुमान गोदी मिडियाले गरेका छन्। 

सन् २०१९ मा पहिलोपटक चन्द्रबाबु नायडुले एनडीए गठबन्धनविरुद्ध सबै विपक्षी पार्टीलाई एकजुट बनाउने कोसिस गरेका थिए। यस हिसाबले पनि नायडुलाई पनि सशंकित हिसाबले हेरिएको छ। सन् २०२३ मा नितिश कुमारले कांग्रेस सहित सबै विपक्षी दलको बैठक बोलाएर विपक्षी इण्डिया गठबन्धन बनाउन भूमिका खेलेका थिए।

नितिश कुमारलाई फकाउनका लागि नै प्रधानमन्त्री मोदीले बिहारमा उनको पार्टीको साथ रहेका कारण भाजपाले १२ सिट जितेको भनी प्रशंशा गरिसकेका छन्। 
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्