Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाबहिलमा बाबुले मट्टीतेल खन्याएर तीन छोरी र श्रीमतीमाथि आगो लगाए

बुधबार, जेठ २३, २०८१

काठमाडौं- काठमाडौंको चाबहिलमा आफ्नै परिवारका सदस्यमाथि मट्टीतेल छर्किएर आगो लगाउँदा पाँचजना घाइते भएका छन्। 

५२ वर्षीय चञ्चल सिंहले मंगलबार राति करिब ९ बजे चाबहिलस्थित आफ्नै घरमा मट्टीतेल खन्याएर तीन छोरी र श्रीमतीमाथि आगो लगाएका थिए। घाइतेहरूकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई छाेरीकाे अवस्था गम्भीर छ। 

जलेर घाइते भएका जेठी छाेरी सुप्रिया र माइली छोरी समृद्धिको आइसियूमा उपचार भइरहेको छ भने आठ वर्षीया कान्छी छोरी सुहानी, श्रीमती बिनुकाे सामान्य वार्डमा उपचार भइरहेको छ। घटनामा सिंह आफैँ पनि घाइते भएका छन्। उनकाे पनि सामान्य वार्डमा उपचार भइरहेकाे छ।  

उपचारमा संलग्न डा. किरण नकर्मीका अनुसार सिंहदम्पती र कान्छीको शरीर आठदेखि १० प्रतिशत जलेको छ भने सुप्रिया र समृद्धिको शरीर ५५ देखि ८० प्रतिशतसम्म जलेको छ। 

घटनाको कारणबारे पूर्ण जानकारी आउन नसके पनि चञ्चल सिंहले मदिरा सेवन गरी परिवारका सदस्यमाथि आगो लगाएको बताइएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्