Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्रोत नखुलेको ६९ लाख रकमसहित ४ जना चिनियाँ नागरिक पक्राउ

बुधबार, जेठ २३, २०८१

काठमाडौँ- प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकहरूलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ ।

भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौँमा बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्