भारतीय प्रधानमन्त्री मोदीको शपथमा दिल्ली जाँदैछन् प्रचण्ड
काठमाडौं– लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली जाने भएका छन्।
मोदी प्रधानमन्त्री भएपछि बधाई दिएका प्रचण्डलाई शपथ कार्यक्रममा निम्तो आएको बालुवाटार स्रोतले जनाएको छ। मोदीले शनिबार राती शपथ लिने तयारी गरेको बताइन्छ।
भारतीय जनता पार्टी (भाजपा)सहितको एनडीए गठबन्धनले बहुमत ल्याएपछि मोदी प्रधानमन्त्री बन्न लागेका हुन्। नयाँ प्रधानमन्त्रीको शपथ लिनका लागि बुधबार उनले राष्ट्रपति द्रौपदी मुर्मुकहाँ राजीनामा बुझाएर काम चलाउ बनेका थिए।
प्रचण्ड शुक्रबार राती या शनिबार बिहान नयाँ दिल्ली जाने तयारीमा छन्।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्