Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेलम्चीको पानी बर्षात्‌मा काठमाडौँ नल्याए हिउँदमा पनि नदिने चेतावनी

बिहीबार, जेठ २४, २०८१

काठमाडौँ - सिन्धुपाल्चोकका बाढी प्रभावितले बर्षात्‌मा मेलम्ची खोलाको पानी काठमाडौँ नल्याए हिउँदमा पनि रोक्ने चेतावनी दिएका छन् ।

बाढी पहिरोबाट आक्रान्त आफूहरूलाई मेलम्चीले बेवास्ता गरेको भन्दै स्थानीय संघर्ष समिति र राजनीति दलहरूले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरेर यस्तो चेतावनी दिएका हुन् ।


२०७८ को बाढीले क्षतिग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रका प्रभावितको समस्यामा ध्यान नदिएको भन्दै स्थानीयले विभिन्न चरणको आन्दोलन गरिरहेका छन् ।

हिउँदमा सहज भएको अवस्थामा मेलम्ची खोलाको पानी २६ किमि सुरुङमार्फत काठमाडौँ ल्याइएको छ । वर्षात् हुने बित्तिकै सुरुङको पानी खोलातर्फ फर्काउने गरिएको छ । वर्षात्‌मा बाढी आएर नोक्सानी गर्ने सम्भावना भएकाले पानी खोलामा फर्काउन नदिने स्थानीयले बताए । उनीहरूले पानी खोलामा नफर्काउन चेतावनी नै दिएका छन् ।

वर्षात्‌मा मेलम्चीको पानी काठमाडौँ ल्याउन सम्भव छैन । पानी निरन्तर सुरुङमा पथान्तरण गर्ने हो भने सामान्य वर्षात्‌ले पनि ढुङ्गा र लेदो माटोले ठूलो नोक्सानी गर्ने मेलम्ची आयोजनका प्राविधिकहरूको भनाइ छ । मेलम्चीको मुहान क्षेत्र नै सारेर स्थायी संरचना नबनाएसम्म वर्षात्‌मा पानी काठमाडौं ल्याउन सक्ने अवस्था छैन ।

बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत वर्षात्‌मा पानी नलगे हिउँदमा पनि लैजान नदिने चेतावनी दिएका छन् । उनीहरूले वर्षायाममा पनि सुरुङ प्रवेश गराइएको पानी निरन्तर पथान्तरण गर्न भनेका छन् । मेलम्चीको पानी वर्षात् सुरु नहुन्जेल काठमाडौँवासीको धारामा आउने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्