Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित अभिव्यक्तिबारे यस्तो छ एमाले अध्यक्ष ओलीको स्पष्टोक्ति

शुक्रबार, जेठ २५, २०८१

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान र प्रविधिमन्त्री सुमना श्रेष्ठप्रति लक्षित गरेको अभिव्यक्तिबारे स्पष्टोक्ति दिएका छन्। 

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा ओलीले भने,‘मैले कसैको नाम लिएको छैन, कसैलाई जोडेको छैन। अनावश्यक रुपमा यसलाई बंग्याइयो।’

विमानस्थलमापत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले आफूले बोलेको कुरा अनावश्यक ढंगले शिक्षा मन्त्री श्रेष्ठसँग जोडेको बताउँदै भने,‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ हो।’

स्त्रीद्वेषी टिप्पणी गरेपछि ओलीको नाम नलिई शिक्षामन्त्री श्रेष्ठले महिलालाई हेर्ने दृष्टिकोणका विषयमा विचार राख्दै प्रतिवाद गरेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समेत रहेकी श्रेष्ठलाई लक्षित गरेर ओलीले ‘विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको’ भनेका थिए। 

ओलीप्रति लक्षित गर्दै श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी थिइन्। उक्त अभिव्यक्तिबारे रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभाको बैठकमा पनि कुरा उठाएका थिए।

एमाले, रास्वपा अहिलेको सत्ता गठबन्धनमा छन्।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्