नेभिगेशन
समाज विविध

अनि गृहमन्त्री लामिछानेले त्यसो भनेपछि मुस्कुराइन् आरजु राणा

काठमाडौं– पानी बाराबारको अवस्था जस्तो देखिएको नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जम्काभेटमा रोचक दृश्य देखिएको छ। 

संसदको कृषि समितिको बैठकमा कांग्रेस नेतृ तथा समिति सभापति आरजु राणा र गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने सँगसँगै देखिएका थिए। 

तिक्तताको सम्बन्धको अवस्थामा परिदृश्य के होला भन्ने थियो तर, स्थिति फरक देखियो। गाँजालाई वैधानिकता दिने सरकारको नीतिबारे समितिमा छलफल भएको थियो। 

सो क्रममा सभापति लामिछानेले आरजु राणातिर हेर्दै भने,‘सभापति ज्यु अनि हामी एक ठाउँमा उभिने स्थिति पनि रहेछ नि।’
लामिछानेले यसो भन्दा आरजु मुसुक्क मुस्कुराइन्। 

जबकि सहकारी ठगीको छानबिनका लागि संसदीय समितिको माग हुँदा रास्वपाका कतिपय नेताले कांग्रेस सभापति शेरबहादुर देउवासहित आरजुको समेत सम्पत्ति छानबिन हुनुपर्ने भनी आक्रोशित भाव देखाएका थिए। 

लामिछाने स्वयम्ले पनि संसदमा बोल्दा त्यस्तो भाव देखाएका थिए। तर, समितिको बैठकमा उपस्थिति देखिँदा भने फरक माहौल बन्यो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा