Nic Ad Nic Ad
Nic Ad Nic Ad

छोरी लिएर नरेन्द्र मोदीको शपथमा जाँदैछन् प्रचण्ड, अरु को–को छन्?

शनिबार, जेठ २६, २०८१

काठमाडौं– तेस्रो चुनाव जितेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार जनाको टोली शनिबार नयाँ दिल्ली जाने निधो भएको छ। 

मन्त्रिपरिषदको बैठकले प्रचण्डसहित उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र शिष्टाचार महापाल विष्णुप्रसाद गौतम नयाँ दिल्ली जाने निधो भयो। 

यी मध्य गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवको हैसियतमा जान लागेकी हुन्। 

भारतमा हालै सम्पन्न निर्वाचनबाट एकल बहुमत नल्याए पनि गठबन्धन एनडीएले सरकार गठन गरेको हो। यसका लागि प्रधानमन्त्रीमा नरेन्द्र मोदीको तेस्रो इनिङ्स हो। 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्