Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनलाई सघाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

शनिबार, जेठ २६, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीसँग आज भएको द्विपक्षीय बैठकमा युक्रेनका लागि नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ’, बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भने ।

अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको कुरामा जोड दिए ।  

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार