Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभामा आजदेखि बजेटका शीर्षकहरुमाथि मन्त्रालयगत छलफल हुँदै

आइतबार, जेठ २७, २०८१

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची रहेको छ ।

आज वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सांसद अमरेश कुमार सिंहले उक्त मन्त्रालयहरु शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी सांसद पुष्पबहादुर शाह, बद्री पाण्डे, रमा कोइराला पौड्यालले पनि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्