Nic Ad Nic Ad
Nic Ad Nic Ad
CANADANEPAL FOLLOWUP

अदालतको आदेश उल्लंघन गरेको धरान प्रहरीद्वारा रामप्रसादलाई फसाउने षडयन्त्र गरेको आरोप 

आइतबार, जेठ २७, २०८१

धरान– एउटा लेनदेनको विषयमा जिल्ला अदालत सुनसरीले धरानका रामप्रसाद राईलाई छुन पनि नसक्ने गरी आदेश दिएपछि यौनहिंसाको तानाबाना बुनिएको आरोप लागेको छ। 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक (डीएसपी) मानबहादुर राईले यस्तो तानाबाना गरी उपल्ला निकायमा पनि यहि रिपोर्टिङ गरेको भन्ने रामप्रसाद राईका नजिककाले बताएका छन्।

रामप्रसादकी पूर्वप्रेमिकाको प्रयोग गरी उजुरी गराउने प्रयत्न गरिएको स्थानीयले बताएका छन्। खासमा यो एउटा जग्गाको लेनदेनको विषयमा भएको मुद्दामा रामप्रसादलाई तान्नका लागि बुनिएको अर्को तानाबाना रहेको बताइन्छ। 

जिल्ला अदालत सुनसरीले गरेको आदेशविपरित इलाका प्रहरी कार्यालय डीएसपी मानबहादुर राईले एक सर्वसाधारणलाई २४ घन्टासम्म मानसिक यातना र दबाब दिएर कागज गराएको खुलासा भएको थियो। 

अदालतको पक्राउ पुर्जी समेत जारी नगरी हाजिरी जमानीमा रहेका रामप्रसाद राईलाई १६ जेठमा पक्राउ गरी २४ घन्टासम्म मानसिक यातना दिँदै १७ जेठमा छाडेको थियो। किनभने यहाँ अदालत बाधक थियो।

प्रहरीको बर्दीको बलमा दोहोरो नागरिकता रहेका नेपाली कांग्रेसका महासमिति सदस्य सुवास राईको पक्षमा लागेर डीएसपी मानबहादुर राईले रामप्रसादप्रति अन्याय गरेका हुन्। 

सुवास राई जग्गा कारोबारी पनि हुन्। उनैको पक्षमा लागेर रामप्रसादमाथि डीएसपी मानबहादुर राईले कानुनको पनि धज्जी उडाएका हुन्। 

जग्गाको जुन विषयमा उनले कागज गराएका छन् त्यो जिल्ला अदालतमा विचाराधिन मुद्दा हो। अदालत पुगिसकेको विषयमा प्रहरीले सोध्न समेत नपाउने कानुनी व्यवस्था छन्। तर, डीएसपी मानबहादुर राईले भने प्रहरी हुनुको गलत फाइदा उठाएर मानसिक यातना दिएको पीडितको गुनासो रहेको छ। 

अदालतको नै मानाहानी गरेको विषयमा जिल्ला अदालतमा प्रहरीविरुद्ध मुद्दा हाल्ने समेत तयारी भएको छ। 

गत वैशाख ३१ गते साधारण तारिखमा रामप्रसादलाई अदालतले छाडेको थियो। उनको अर्को तारेख जेठ २९ गतेका लागि अदालतले तोकेको थियो। 
तर डीएसपी मानबहादुर राईले भने अदालतको नै मानाहानी गरी १६ गते नै बिना पुर्जी पक्राउ गरी १७ गतेसम्म राखेर बाहिर कागज गराई १८ नम्बर वडा कार्यालयमा लगेका थिए। 

धरान–१५ कि हर्कमाया लिम्बुको हाल सुन्दर हरैंचा नगरपालिका तत्कालिन दुलारी गाविसमा रहेको ८ कट्ठा २ धुर जग्गा बैंकमा राखी ८५ लाख रुपैंया ऋण लिने लेनदेनको विषयमा अनाहकमा रामप्रसाद राईमाथि दबाब दिइएको हो।

यो मुद्दामा लेनदेनको कागज २०८० साल फागुन २० गते गरिएको थियो। यो लेनदेनको विषय अदालतमा विचाराधिन अवस्थामा छ। लेनदेनमा गडबडी भए वा विवाद आए प्रहरीले समन्वय गरी अदालतसम्म लगिदिने काम हो। 

जब यो प्रकरणको खुलासा भयो रामप्रसादलाई कानुनी फन्दामा पार्न उनकी पूर्वप्रेमिका तयार पारिएको बताइन्छ। 

रामप्रसादलाई अदालतको आदेशबिना २४ घन्टा राखेको विषयमा कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङलाई गलत रिपोर्टिङ गरिएको पनि पत्ता लागेको छ। 

‘यौनहिंसा सम्बन्धी विषयमा सोधपुछका लागि लगिएको भन्ने हो। उनलाई प्रहरीले यहि विषयमा पक्राउ गर्न सक्छ’, डीआईजी खापुङले भने,‘अन्य विषयको जानकारी लिने र अनुसन्धानको काम जारी छन्।’

यहाँ प्रश्न उठ्छ,‘यौन हिंसाको आरोप लागेको मानिसलाई सिधा पक्राउ गरिन्छ कि, जमानीमा छाडिन्छ?’

प्रहरीको तर्कमा बल नहुनुको कारणचाहिँ यौनहिंसासम्बन्धी विषयमा प्रधान कार्यालयले अख्तियार गरेको नीति नै हो। प्रधान कार्यालयले तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीको पालामा नै यौनहिंसा या बलात्कारको विषयमा कुनै प्रश्नोत्तर नगरी पीडित भनिएकाको उजुरी लिने हो। तर, धरान प्रहरीले त्यसो गरेको पाइएन। 

यता रामप्रसाद राईले जिल्ला अदालतबाट अर्को मानाहानी भएको मुद्दा दर्ता गराइसकेका छन्। 

पीडित भनिएका परिवारको पत्रकार सम्मेलन

pc-1717920357.jpg
रामप्रसाद राईबाट पीडित भनिएका परिवारले हालै पत्रकार सम्मेलन गरी आफ्नो मत राखेका छन्। हर्कमाया लिम्बुकी जेठी छोरी चन्द्रा लिम्बूले यसै शुक्रबार पत्रकार सम्मेलनमा रामप्रसाद बहिनीसँग नजिक भएको भनी आरोप लगाइन्। 

‘आउनु जानु गर्दा बहिनीसँग नजिक भएछन् भनेकी उनले रामप्रसादले बहिनीसँग करिब ८ वर्ष प्रेम सम्बन्ध राखेपछि ललाई फकाई ‘हुनेवाला ज्वाइँ हुँ’ भन्दै वृद्धा आमा पनि नजिक भएको आफूलाई पछि मात्र थाहा भएको जानकारी दिइन्। 

उनका अनुसार आमाले पनि रामप्रसाद राईलाई कान्छो छोरो समेत भन्न थालेकी थिइन्। बहिनीलाई श्रीमतीको रूपमा लिन्थे। चन्द्रा लिम्बुले मोरङ साबिक दुलारी ४ (ख) कित्ता नम्बर ७७९ को ८ कट्ठा २ धुर जग्गा आमालाई बकस पास गरी दिएकी थिइन्।

उक्त जग्गा रामप्रसादले बहिनी र आमालाई ललाई फकाई २०७५ मङ्सिर २९ गते रजिष्ट्रेशन पास गराएपछि बेपत्ता भएको आरोप लगाइन्। जबकि, जेठको १६ गते मात्र प्रहरीले उनलाई हिरासतमा राखेको यसअघि नै पुष्टि भइसकेको छ।

रामप्रसाद सम्पर्कमै नआएपछि मानसिक तनावका कारणले बहिनीलाई अचानक २०७६ असारमा प्यारालाइसिस भएको पत्रकार सम्मेलनमा चन्द्राले बताइन्। जबकि यो प्रकरणको विवाद ०७९ सालदेखि उछालिएको कागजपत्रले बोल्छ। 

श्रीमती होस भनी जबरजस्ती करणीको अपराध समेत गरेको हुँदा सोही कारण आफ्नी बहिनी मानसिक रूपमा विक्षिप्त भई प्यारालाइसिस भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ। तर यस विषयमा उजुरी गरेको या नगरेको भन्ने खुलाइएको छैन। 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्