Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

आइतबार, जेठ २७, २०८१

काठमाडौँ- सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरूलाई दुई फरक-फरक घटनामा प्रहरीले पक्राउ गरेको हो । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको सुनको सिक्रि अरमानलाई दिने पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्