Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘खाऊँ भने दिनभरीको शिकार, नखाऊँ भने कान्छा बाउको अनुहार’, चिन्तामा छन् माधव नेपाल

आइतबार, जेठ २७, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले ‘राजनीतिक सुख’ छैन।

सत्ता गठबन्धनमा रहेका उनलाई ‘खाऊँ भने दिनभरीको शिकार, नखाऊँ भने कान्छा बाबुको अनुहार’ जस्तो भएको छ, एमालेसँगको सत्ता गठबन्धन। 

त्यसैले विकल्पका केही मार्ग छन् कि भनेर उनी कहिलेकाहीँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगिरहन्छन्। 

बुढानिलकण्ठमा बसेको विपक्षी दलको बैठकमा लुरुलुरु पुग्छन् फेरि सत्ता गठबन्धनले डाकेको निम्तो पनि छाड्न सक्तैनन्। 

१० सांसदको नेतृत्व गरे पनि दल कतिबेला विभाजन हुने हो, माधव नेपालको टाउको दुखाई भएको छ। एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका उनलाई गठबन्धनमा रहेका केपी शर्मा ओलीले एक आँखाले पनि मन पराउँदैनन्। 

झन् जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि त उनको चिन्ताको पारो थप बढेको छ।

एउटा अध्यादेश ल्याएर पार्टीलाई स्वतन्त्र बनाउने र तारो बनाउने काम भइरहेको उनले खुलासा गरेका छन्। 

‘कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ। एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पु¥याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने? जसपापछि दोस्रो तारो हामी बनेका हौंं। यो यथार्थ बुझेनौँ भने कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने बुझिन्न’, आइतबार उनले एउटा कार्यक्रममा दिल खोलेर भने,‘कुराले च्यूरा भिज्दैन, हामी एक हुन आवश्यक छ।’

अध्यक्ष नेपालले आजभोली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि खासै विश्वास गर्न छाडेका छन्। ओलीसँग त उनको मत मिल्ने नै भएन त्यहि भएर कम्युनिस्टले नै सिध्याउन लागेको तर्क गरेका थिए। 

पार्टीबाहिरको समीकरणमा नै अत्यासमा रहेका अध्यक्ष नेपालका लागि पार्टी भित्र काउछो बनेका छन्, सम्मानित नेता झलनाथ खनाल। यसैकारण महाधिवेशनका लागि उमेरहदको समयसीमा हटाउन उनी बाध्य भए। 

खनालचाहिँ ओलीसहित प्रचण्डको गठबन्धनमा रहनुपर्ने अडानमा छन्। यो अडानबाट खनाललाई आफूतिर सार्न नसके पार्टी धराशायी हुने चिन्तामा छन्, अध्यक्ष नेपाल। 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार