नेभिगेशन
समाज विविध

प्रधानमन्त्री प्रचण्डको बेइज्जत! विदेश मन्त्रालयका सामान्य अधिकृतले गरे नयाँ दिल्लीमा स्वागत

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन्। 

त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा पुगेका प्रचण्डलाई विदेश मन्त्रालयका सामान्य अधिकृतले स्वागत गरेका छन्। 

योसँगै प्रचण्डको भारत प्रवेश गर्दा सामान्य अधिकृत पठाउने क्रम निरन्तर चलिरहेको छ। नेपालका प्रधानमन्त्रीको बेइज्जत हुनेगरी भारतले स्वागत गरेको हो। 

कम्तिमा भारतका विदेश सचिवसम्म पनि आएनन्। अहिले त्यहाँका विदेश सचिव विनयमोहन क्वात्रा छन् जो नेपालमा राजदूत बसेका थिए। 

आइतबार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनको स्वागतको ट्वीट विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले गरेका छन्।  

प्रचण्डलाई विमानस्थलमा विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालसँगै कानुन मन्त्री पदम गिरी र गंगा दाहाल छोरीसमेत रहेकी गंगा दाहाल पनि नयाँ दिल्ली पुगेकी छन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता