Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ

आइतबार, जेठ २७, २०८१

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् ।

शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन् ।

मोदीसँगै उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि शपथ लिएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्