Nic Ad Nic Ad
Nic Ad Nic Ad

थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने पक्राउ

सोमबार, जेठ २८, २०८१

काठमाडौँ- थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका–४ का ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई पक्राउ गरेको हो । जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी निजको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात् काठमाडौं उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्