Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलात्कार आरोपी उपसचिव साहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

सोमबार, जेठ २८, २०८१
samridhi jewllers

धनुषा- जबर्जस्ती करणी अभियोग लागेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

साहले शनिवार धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जानकारी दियो । गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति भगवानको प्रसाद भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिई बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ । 

आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै पीडित महिलाले गत वैशाख पहिलो साता प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्