Nic Ad Nic Ad
Nic Ad Nic Ad

चोयुमा नेपालबाट आरोहण सुरु, नयाँ रुटबाट ६ नेपालीसहित ७ आरोहीद्वारा सफल आरोह

सोमबार, जेठ २८, २०८१

काठमाडौँ- व्यावसायिक आरोहणका रूपमा जटिल मानिएको विश्वको छैटौँ सर्वोच्च शिखर चोयु हिमालमा नेपालतर्फबाट पहिलो पटक नयाँ रुट भएर ६ नेपालीसहित ७ जना आरोहीले सफल आरोहण गरेका छन् ।

samridhi jewllers

फ्रान्सेली पर्वतारोही अलासडेयर म्याकेन्जीको नेतृत्वमा तेन्जिङ ग्याल्जेन शेर्पा, गेल्जे शेर्पा, छाङ्बा शेर्पा, लाक्पा तेब्बा शेर्पा र निग्मा वाङ्दा शेर्पाले शुक्रबार चोयु शिखर आरोहण गरे ।

नेपालतर्फबाट नयाँ रुटबाट भएको यो पहिलो आरोहण भएको यो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स प्रालिका समेत सञ्चालक रहेका टासी लाक्पा शेर्पाले जनाए ।

तिब्बतबाट आरोहणको अन्य खर्च तथा अनुमति लिनुभन्दा नेपालबाट सस्तो र सजिलो हुने उनको भनाइ छ ।

खुम्बु क्षेत्रको नाम्चे बजारबाट थामे हुँदै चोयु हिमालको आधार शिविर पुगिन्छ । यो नयाँ रुटमा आरोहण गर्न फ्रान्सेली पर्वतारोही अलासडेयरसहितको टोली डेढ महिनादेखि त्यहीँ थियो ।

बिहीबार राति २ बजे चोयुको चौथो शिविरबाट उक्लिएका आरोही शुक्रबार राति ८ बजे चुचुरोमा पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्