Nic Ad Nic Ad
Nic Ad Nic Ad

बझाङमा विपद् उद्धार अभ्यासमा प्रहरी जवानको मृत्यु

सोमबार, जेठ २८, २०८१

धनगढी- बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

सोमबार बिहान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सदरमुकाम चैनपुर नजिकै सेती नदीमा भइरहेको अभ्यासका क्रममा धामी बेहोस भएका थिए। पछि उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको हो।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्