Nic Ad Nic Ad
Nic Ad Nic Ad

महोत्तरीमा एक युवकमाथि गोली प्रहार 

सोमबार, जेठ २८, २०८१

जनकपुरधाम– महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । 

samridhi jewllers

जिल्लाको गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतोमाथी मराहा खोलामा गोली प्रहार भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ । आज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी समुहले लुटपिट गर्न गोली प्रहार गरेको  बताईएको छ् । 

उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्