Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय परिचयपत्र दर्ताका लागि पालिकागत तालिका बनाउन माग

सोमबार, जेठ २८, २०८१

दमौली (तनहुँ) -जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सेवाग्राहीको भीड बढेर सास्ती भएपछि पालिकागत तालिका बनाएर सेवा दिन माग गरिएको छ । 

samridhi jewllers

कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको भीड बढेपछि पालिकागत समय निर्धारण गरी सेवालाई सहज बनाउन माग गरिएको हो । 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले आज प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय परिचयपत्रका लागि सहज रूपमा सेवा पाउने वातावरण सिर्जना गर्न माग गरेको हो । 

विशेषगरी ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका समस्या समाधानका लागि पालिकागत तालिका बनाइ सेवा प्रवाह गर्न आग्रह गरिएको रास्वपाका जिल्ला संयोजक विश्व बास्तोलाले जानकारी दिए । 

कार्यालयमा हाल चारवटा दर्ता कक्षबाट सेवा प्रवाह भइरहेको छ । ती कक्षबाट दुई सय ५० जनालाई मात्रै सेवा दिन सकिने भए पनि सेवाग्राहीको भीड भने पाँच÷छ सयको हुने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्