Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेको माग

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।

samridhi jewllers

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरूसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसद्लाई गराउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । सोमबार नेपाल फर्किएका छन् ।

भारतमा रहँदा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेशमन्त्री मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

भारतीय अधिकारीहरूसँगको भेटमा आफूले सार्कलाई सक्रिय पार्नेदेखि नेपाल-भारत सीमासँग सम्बन्धित विषयहरू र दुई देशकाबीचमा रहेका संयन्त्रहरूलाई सक्रिय पार्नुपर्ने विषय उठाएको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले उठाएको विषयमा भारतीय समकक्षी मोदी र विदेशमन्त्री जयशंकरले सकारात्मक प्रतिक्रिया पाएकाले आफू आशावादी भएर नेपाल फर्किएको बताएका थिए ।

प्रधानमन्त्रीले पत्रकारहरूसँग गरेको विषय समाचारमा पढेको उल्लेख गर्दै एमाले सांसद पन्तले संसद्लाई नै जानकारी गराउन माग गरेका हुन् । यसका लागि सभामुखले नै रुलिङ गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्