Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीमा कनिष्ठलाई वरिष्ठ, वरिष्ठलाई कनिष्ठ बनाइँदै छ : धवलशम्शेर राणा

मंगलबार, जेठ २९, २०८१
samridhi jewllers

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य धवलशम्शेर राणाले प्रहरी सेवामा कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उस्तो आरोप लगाएका हुन् ।

‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ,’ उनले भने, ‘कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको छ । यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरूको मनोबल घट्छ । र यो देशको हितको लागि पनि हुने छैन ।’

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्