Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरूले छुट्टी नपाउने

मंगलबार, जेठ २९, २०८१
samridhi jewllers

काठमाडौँ- बजेटको मन्त्रालयगत छलफलमा सांसदहरूले छुट्टी नपाउने भएका छन् । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु भएको छ ।

असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।

संसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन छुट्टी पाउनेछन् । असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्यतालिका छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्