Nic Ad Nic Ad
Nic Ad Nic Ad

रासायनिक मलका लागि बजेट पर्याप्त भएन : अब्दुल खान

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ- जनमत पार्टी सांसद अब्दुल खानले कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त रहेको बताएका छन् ।

samridhi jewllers

संसदमा बजेटमाथि मन्त्रालयगत छलफलमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मलखाद, किटनाशकका लागि छुट्याएको बजेटले नपुग्ने बताएका हुन् ।

उनले कृषिमा जति राम्रो काम गरे पनि किसानले समयमै मल बिउ पाउन नसकेपछि त्यसको अर्थ नहुने बताए ।

किसानहरू पेसा छाडेर हतोत्साहित भइरहेको भन्दै सांसद खानले किसानको मनोबल बढाउने खालको बजेट आवश्यक रहेको बताएका थिए । उनले बजेटमा किसान कार्ड किन आएन भन्दै प्रश्न गरे ।

‘कृषिमा जति राम्रो बजेट ल्याए पनि किसान कार्ड कार्यान्वयन नभएसम्म अर्थ हुँदैन, तर बजेटमा त्यस्तो केही देखिएन, त्यो ल्याउनुपर्थ्यो,’ उनले भने, ‘बजेट समयमै कार्यान्वयन नभए, जति राम्रो बजेट भए पनि अर्थ हुँदैन ।’

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्