Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामान्य पूर्वाधार होइन, अब डिजिटल रोड चाहिन्छ : अर्थमन्त्री पुन

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले भावी पुस्तालाई स्वदेशमै टिकाउने लक्ष्यसहित स्मार्ट र डिजिटल पूर्वाधार निर्माण आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । 

samridhi jewllers

आफूलाई साथीभाइहरूले सामान्य पूर्वाधार नभई अब डिजिटल रोड बनाउन आवश्यक रहेको सुझाव दिएको उल्लेख गर्दै मन्त्री पुनले तत्काल त्यसो गर्न नसकिए पनि त्यसतर्फ दृष्टिकोण राख्नुपर्ने बताए । मंगलबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको आईटी डिकेड अ वे फर्वार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नयाँ पुस्ता सुहाउँदो आर्थिक सुधारका लागि आफूले बजेटमार्फत पहल गरेको आशय साझा गरे । ‘नयाँ चरणको आर्थिक सुरधार भन्नु नै नयाँ पुस्ता सुहाउँदो आर्थिक सुधार भन्न खोजिएको हो, ‘उनले भने, ‘धेरै साथीले मलाई सुझाव दिइरहेका छन्, ‘अब डिजिटल रोड चाहिन्छ । अहिलेको सामान्य पूर्वाधारले हुँदैन, स्मार्ट र डिजिटल पूर्वाधार चाहियो । हामीले अहिले नै यो बनाउन नसकौँला तर दृष्टिकोण त राख्नुपर्छ ।’

विश्वका ठूल्ठूला प्रविधि कम्पनीमा नेपाली जनशक्ति र प्रतिभाहरूले काम गरिरहेको बताउँदै उनले अब नीतिगत व्यवस्थामार्फत नै ब्रेन गेनको माहोल बनाइने उल्लेख गरे । ‘अवसर भयो भने मात्र नयाँ पुस्ता यहाँ बस्छन्, ‘मन्त्री पुनले भने, ‘त्यसका लागि हामी नीति निर्माताले बाटो बनाइदिनुपर्छ ।’ यसका साथै अर्थमन्त्री पुनले ठुला उत्पादनका पावर हाउससँग नेपालले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेकाले अन्य क्षेत्रभन्दा आईटी हाम्रा लागि उपयुक्त हुने पनि स्पष्ट पारे ।

‘हाम्रो भूअवस्थिति र निर्यातको अपार सम्भावना भएका छिमेकी र अन्य पश्चिमेली देशसँग हामीले अरू विषयभन्दा आईटी क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छौँ, ‘उनको भनाइ थियो, ‘आईटी क्षेत्र किन प्रतिस्पर्धी हुन सक्छ भने अहिले केही साथीहरूको कोसिसले नै १ खर्ब बराबरको सेवा निर्यात हुँदै छ । यसमा सरकारले थप पहल गर्नुपर्छ भन्ने महसुस भएर गर्न थप पहल गर्न खोजिएको छ ।’

सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्व कायम हुनेमा उनले प्रतिबद्धता व्यक्त गरे । ‘नीतिको निरन्तरता रहन्छ र त्यसअनुसार पूर्वाधार बनाएका छौँ, ‘उनले भने, ‘नयाँ सरकार आए पनि खुरुखुरु चलाउन नसक्ने गरी करसम्बन्धी दर निर्धारण गरेका छौँ ताकि उद्योग व्यवसायहरू संरक्षित हुन सकुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्