काठमाडौं महानगरले नेपाल र श्रीलङ्काबीचको दोस्रो खेलको प्रत्यक्ष सानो गौचरनमा देखाउने
काठमाडौं- नेपाल र श्रीलङ्काबीच भोली (बुधवार) हुने दोस्रो खेलको काठमाडौं महानगरपालिकाले सानो गौचरनमा प्रत्यक्ष देखाउने भएको छ ।
आइसिसि टी टवान्टी विश्वकप’ क्रिकेट अन्तर्गत हुने नेपाल र श्रीलङ्काबीचको दोस्रो खेल महानगरले ठूलो स्क्रिनमा काठमाडौं स्थित सानो गौचनको खेल मैदानमा प्रत्यक्ष देखाउने भएको हो ।
आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१ १७:५२
प्रतिक्रिया दिनुहोस्