Nic Ad Nic Ad
Nic Ad Nic Ad

विनियोजन विधेयकमा बुधबार पनि छलफल हुने

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ - प्रतिनिधि सभामा आजदेखि प्रारम्भ भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा भोलि बुधबार पनि छलफल जारी हुनेछ । 

samridhi jewllers

विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा आज छलफल भयो । 

छलफलमा सांसदहरु सूर्यमान दोङ, तेजुलाल चौधरी, मङ्गलप्रसाद गुप्ता,  रणेन्द्र बराली, डा नारायण खडका, सूर्यप्रसाद ढकाल, रुपा सोशी (चौधरी) जाबेदा खातुन जागा, हेमराज राई, कान्तिका सेजुवाल, दयालबहादुर शाही, कुसुम थापा मगर, प्रभु हजारा, शान्ति विक, ईश्वरी घर्ती, देवप्रसाद तिमिल्सिना, सराज अहमद फारुकी, नारायणप्रसाद आचार्य, वासुदेव घिमिरे, बिजुला रायमाझी, अमृतलाल राजवंशी, चन्द्रबहादुर विश्वकर्मा, महेशकुमार बर्तौलाले भाग लिए । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्