Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

बुधबार, जेठ ३०, २०८१

म्याग्दी -जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका(२ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर(लाम्पाटा( पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्‍याएको छ ।


पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

चौबिस किलोमिटर लामो बेनी-दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एक मात्र मार्ग हो ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्