Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु 

बुधबार, जेठ ३०, २०८१

कीर्तिपुर - त्रिभुवन विश्वविद्यालय (त्रिवि)देशको आवश्यकता र बजारको माग सम्बोधन गर्न दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गरिने भएको छ । 

samridhi jewllers

कार्यक्रमले व्यवस्थापकीय ज्ञानलाई विश्वव्यापी जलवायु परिवर्तन, सुशासन र दिगो विकाससँग जोडेर जनशक्ति निर्माण गर्नेछ । कार्यक्रम सञ्चालनका लागि त्रिविको स्कुल अफ म्यानेजमेन्ट, बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट र इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच मङ्गलबार यससम्बन्धी सझेदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा त्रिविका तर्फबाट त्रिवि स्कुल अफ म्यानेजमेन्टका निमित्त निर्देशक डा गोविन्द तामाङ र इन्भेष्ट फर इम्प्याक्ट नेपालका तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका थिए । 


सम्झौताअनुसार त्रिविले २०२५ को फेब्रुअरीदेखि सञ्चालन गर्ने उक्त एक वर्षे शैक्षिक कार्यक्रमका लागि  बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट र इन्भेष्ट फर इम्प्याक्ट नेपालले प्राविधिक सहयोग उपलब्ध गराउने छन् 

त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा. डा. डिल्लीराज शर्माका अनुसार कार्यक्रमले व्यवस्थापनको पढाइलाई उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा मात्र सीमित नराखी समाज, राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रियस्तरमा योगदानका साथ दिगो व्यवसाय सञ्चालन गर्ने क्षमता भएको जनशक्ति उत्पादन गर्नेछ । 

उक्त शैक्षिक कार्यक्रममा स्नातक तह उत्तीर्ण र व्यवस्थापनमा एक वर्षे अनुभव प्राप्त विद्यार्थीले आवेदन गर्न सक्न छन् । कार्यक्रम रोजगार बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सुरुदेखि नै उद्योग, व्यवसाय र वित्तीय संस्थाका आवश्यकतासँग जोडेर सञ्चालन गरिने त्रिविले जनाएको छ । 


 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्