के भयो भने अब नेपाल सुपर ८ मा पुग्छ ?
आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबिच आज हुनु पर्ने खेल रोकियो । ग्रुप डि मा रहेका नेपाल र श्रीलंकाले बर्षाका कारण खेल रोकिए पछि एक एक अंक बाढेका छन् ।
दुई खेलको नतिजा पाएको नेपाल समूह डीमा अंक तालिकाको चौथो छ भने तीन खेलको परिणाम पछि श्रीलंका अंकतालिकामा पाँचौ तथा अन्तिम छ ।
के भयो भने अब नेपाल सुपर ८ मा पुग्छ ?
अब नेपालले २ खेल खेल्न बाँकी छ । बंगलादेश र साउथ अफ्रिकासँग नेपालको खेल बाँकी छ । छनौट हुनका लागि यी दुवै खेल नेपालले जित्नै पर्ने बाध्यता छ । त्यसबाहेक नेपाल सुपर ८ मा पुग्न अन्य मुलुकका खेलहरू पनि निश्चित परिणाम निस्किन पर्छ । तालिकामा हेर्दा :
नेपाल र बंगलादेशमा : नेपाल जित्न पर्छ ।
नेपाल र साउथ अफ्रिकामा : नेपाल जित्न पर्छ ।
बंगलादेश र नेदरल्यान्ड्समा : बंगलादेश जित्न पर्छ ।
श्रीलंका र नेदरल्यान्ड्समा : श्रीलंका जित्न पर्छ ।