Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रमुख प्रशिक्षक मोन्टी देशाई भन्छन्ः फ्लोरिडाको पिच नेपालमैत्री हुने थियो, अब अर्को खेलमा केन्द्रित छौं

बुधबार, जेठ ३०, २०८१

काठमाडौं– बर्षाका कारण श्रीलंकासँगको खेल रद्द हुँदा एक अंकको साझेदारी गरेको नेपालका प्रमुख प्रशिक्षक मोन्टी देशाईले टी–२० को आगामी खेलमा केन्द्रित हुने प्रतिक्रिया दिएका छन्।

नेपालले अब जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ। दुवै खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा हुनेछ। त्यसका लागि नेपाली टोली सेन्ट भिसेन्ट जाने कार्यक्रम छ।

आगामी खेलमा सन्दीप लामिछाने पनि सहभागी हुनेछन्। 

मोन्टी देशाई भन्छन्,‘अब हामीसँग अर्को खेलमा केन्द्रित हुनुको विकल्प छैन। हामी टी–२० फर्म्याटमा कुनै पनि टोलीको चुनौती स्वीकार गर्न तयार छौं। हामीले विश्वकपका लागि कडा मिहिनेत गरेका छौं। त्यो हामीले मैदानमा देखाउन पाएनौं।’

वास्तबमा नेपाल खेल खेल्न चहान्थ्यो भन्ने टिप्पणी गरेका उनले अगाडि भनेका छन्,‘हाम्रा लागि श्रीलंकासँग अवसर थियो। किनभने उनीहरूमाथि दबाब थियो। हाम्रो लागि यहाँको पीच र कन्डिसनमा भिज्न पर्ने अवस्था थियो।’

नेपालले सेन्ट भिसेन्टमा त्यहाँको पिचलाई सदुयोग गर्न जरूरी छ। स्पिनर र अरु खेलाडीहरु त्यसका लागि तयार हुनेछन्। 
देशाई भन्छन्,‘१२० बलका लागि हामी तयार हुनपर्छ। त्यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ।’
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार