Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

बुधबार, जेठ ३०, २०८१
samridhi jewllers

खाँदबारी -सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।


मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्