Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं–भरतपुर उडान भर्ने श्री एयरलाइन्सको तयारी, बुद्ध एयरको एकाधिकार तोडिने

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- श्री एयरलाइन्सले काठमाडौं–भरतपुर उडान भर्ने तयारी थालेको छ । कम्पनीले क्यु ४०० सिरिजको जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी गरेको हो ।

samridhi jewllers

भरतपुरमा परीक्षण उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति मागेको छ । श्री एयरलाइन्सले उडान अनुमति पाएमा बुद्ध एयरको एकाधिकार तोडिने छ ।


यसैपनि बुद्ध एयरको एटीआर–४२ सिरिज फेज आउट हुने चरणमा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । श्री एयरलाइन्सले टर्बाेप्रोपको उडानको लागि अनुमति मागेको हो ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ । बुद्ध एयरले अहिले काठमाडौँ–भरतपुरको हवाई भाडा एकतर्फी चार हजार ७३९ रुपैयाँ लिने गरेको छ ।

श्री एयरलाइन्सले उडान अनुमति मागेको जहाजको क्षमता ८० सिटको हो । छोटो रनवेमा पनि अवतरण गर्न मिल्ने जहाज यस कम्पनीसँग रहेको छ । जहाज उत्पादन कम्पनी बम्बार्डियर एरोस्पेसले क्षेत्रीय र सर्ट हल रुट अपरेशनलक्षित क्यु ४०० सिरिजका जहाज उत्पादन गरेको हो ।


 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्