Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

बुधबार, जेठ ३०, २०८१

काठमाडाैं -नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

samridhi jewllers

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्