Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्षाले चार किलोमिटर सडकमा क्षति

बुधबार, जेठ ३०, २०८१

खाँदबारी -कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।


वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए ।  वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब  एक करोडको क्षति भएको बताए । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्