Nic Ad Nic Ad
Nic Ad Nic Ad

असार १ गतेदेखि तीन महिना सडक खन्न नपाइने

बुधबार, जेठ ३०, २०८१

काठमाडौं - सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै यो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको जानकारी दिएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको सूचनामा उल्लेख छ ।

‘सडक पनि बिग्रदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ सूचनामा भनिएको छ ।

सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको पाइन्छ । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाएको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको भनाई छ ।

image-42-1718172738.png

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्