Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

samridhi jewllers

महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ ।

यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहे । अहिले महाधिवेशनबाट पनि उनी नै निर्वाचित भएका छन् ।

अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले अन्य उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्