Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बन्यो : रवि लामिछाने

बुधबार, जेठ ३०, २०८१
samridhi jewllers

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताए ।उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए । उनले तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए ।

‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ’, उनले भने, ‘त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरू कता जाने भन्दा प्रदेशमा ।’

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्