सिंहदरबारभित्रै बाल श्रमिक, महानगरद्वारा ५ को उद्धार
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सिंहदरवारबाट पाँच जना बाल श्रमिकहरूको उद्धार गरेको छ । विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर महानगरले सिंहदरवारको केन्द्रीय क्यान्टिनमा रहेका पाँच बाल श्रमिकको उद्धार गरेको हो ।
उनीहरूलाई महानगरको बाल उद्धार टोलीले सिंहदरवारभित्र केन्द्रीय सर्भिस सेन्टरको भवनभित्र रहेको केन्द्रीय चमेना गृहबाट उद्धार गरेको हो ।
यसअघि काठमाडौँ महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार गरेर विभिन्न ६ वटा संरक्षण गृहहरूमा राखेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ १७:२९
प्रतिक्रिया दिनुहोस्