Nic Ad Nic Ad
Nic Ad Nic Ad

तलबी कर्मचारीले वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने

बुधबार, जेठ ३०, २०८१
samridhi jewllers

काठमाडौँ- तलबी कर्मचारीले अवकाश कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने भएका छन् ।

सरकारले बुधबार सार्वजनिक गरेको आयकर नियमावली संशोधनले यस्तो व्यवस्था गरेको हो । यसअघि वार्षिक ३ लाखसम्म यसरी घटाउन पाउने व्यवस्था थियो । यो भनेको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायत अवकाश कोषमा मासिक ४१ हजार ६ सय ६६ रुपैयाँसम्म राखेर त्यसलाई करयोग्य आयबाट घटाउन पाइने छ ।

यस अनुसार वार्षिक १५ लाखसम्म तलब खाने करदाताले ५ लाख रुपैयाँ अवकाश कोषमा राखी त्यो घटाएर १० लाखको मात्रै आयकर तिरे पुग्ने भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्