Nic Ad Nic Ad
Nic Ad Nic Ad

अत्याधिक गर्मीको कारण हेटौँडाका विद्यालय बन्द

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ- पछिल्लो केही दिनबाट बढेको गर्मीपछि हेटौँडाका विद्यालय दुई दिन बन्द हुने भएको छ ।

samridhi jewllers

गर्मीको कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन लागेपछि हेटौँडा उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले सूचना प्रकाशन गर्दै जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द हुने जानकारी दिएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्