झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिन खोज्ने ३ भारतीय पक्राउ
काठमाडौँ - झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिन खोजेको आरोपमा तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय हरियोम गुप्ता भनिने हरिओम कुमार, २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय हर्ष गुप्ता छन् ।
पक्राउ परेका तीन जना बाबुछोराहरू हुन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । उनीहरूले झुटा विवरण पेश गरेर वंशजको नेपाली नागरिकता लिने जाखेको परिसरल जनाएको छ ।
२९ जेठमा हर्ष र ऋषिले आफूसँगै व्यापार गर्दै आएका बाबु हरिओम बेपत्ता भएको झुटो विवरण बनाउँदै भारतीय नागरिक रहेको तथ्यलाई लुकाएर वडाबाट सर्जिन मुचुल्का समेत बनाएर नेपाली वंशजको नागरिकता लिन फारम भरेको प्रहरीले जनाएको छ ।
वंशजको नागरिकताका लागि अनुसूची १ को फारम समेत भरेर पेश गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध नागरिकता सम्बन्धी ऐनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।